काठमाडौं । मनाङको प्रदेशसभा ‘ख’ बाट स्वतन्त्र चुनाव जितेका सांसद एवं गुण्डा नाइके दीपक मनाङेलाइ प्रहरीले पक्राउ गरेकाे छ
बिहीबार साँझ काठमाडौंको स्वयंभु स्थित तीनधाराबाट मनाङ्गेलाई पक्राउ गरिएकाे हाे । २०६१ सालमा गुण्डा नाइके चक्रे मिलनलाइ खुकुरी प्रहार गरी मनाङ्गेले हात दुई टुक्रा पारिदिएको घटनामा पुनरावेदन अदालतले कैद सजाय फैसला गरेकाे थियाे ।
२०६१ सालमा चक्रे मिलनको हात काटेको घटनामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाई दिएको छ । यसअघी जिल्ला अदालत काठमाडौंको फैसला बमोजिम मनाङे दुई बर्ष जेल बसिसकेका छन् ।
जिल्ला अदालतको फैसलापछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङ्गे समूह विरुद्ध पुनरावदेन अदालत पाटनमा मुद्दा दायर गरेको थियो । पाटनले २०६९ सालमा अन्य चार जनालाई सफाई दिँदै मनाङ्गेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो ।

514 पटक हेरिएको 

