काठमाडौँ । स्थापनकाे १ वर्षमै राष्ट्रिय जनता पार्टी नेपाल विभाजित भएकाे छ । राजपाका उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा पदाधिकारी तथा केन्द्रीय सदस्य पार्टीबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन गरेका हुन् ।
नयाँ पार्टीको महाधिवेशन नहुन्जेल यादवकै संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको छ । सहसंयोजकमा रीतेशकुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह तथा सचिवमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दीपेन्द्र यादव एवं सदस्यमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित छन् ।
नयाँ पार्टी घाेषणा गर्दै संयोजक यादवले मधेश आन्दोलनमा ६३ मधेशीले ज्यान गुमाए पनि त्यसको फाइदा र उपलब्धि राजपा नेपालका अध्यक्षमण्डलका छ जना र उनीहरुका परिवारले मात्रै पाएको आरोप लगाए । उनले भने–‘राजपाले मधेशी जनताको मूल कार्यसूची छाडेर सत्तामा जाने गृहकार्य गरिरहेकाले नयाँ पार्टी गठन गरेको हाे ।

735 पटक हेरिएको 

