काठमाडौँ । नेपाली काँग्रेसको शुक्रबारका लागि बाेलाइएको केन्द्रीय समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक नेताहरु काठमाडाैँ बाहिर भएकाले स्थगित गरिएको हाे ।
काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दिएकाे जानकारीअनुसार अर्काे बैठक वैशाख ९ गते बिहान ११ बजेका लागि बाेलाइएकाे छ । चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय समिति बैठक चैत १६ गते पार्टीेका नेता खुमबहादुर खड्काको निधनमा स्थगित गरिएकाे थियाे ।

411 पटक हेरिएको 

