काठमाडौं । काठमाडौंबाट मलेसियाको क्वालालम्पुर उड्नै लाग्दा मालिन्दो एयरको बोइङ ७३७ जहाज बिहीबार राति अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएपछि करिब १४ घन्टा विमानस्थल ठप्प भयो ।
बिहीबार राति १०ः१० मा जहाज विमानस्थलको दक्षिणतर्फको धावनमार्ग छाडेर ४० मिटर पर पुगेर रोकिएको थियो । त्यसपछि बन्द भएको विमानस्थलमा शुक्रबार दिउँसो ११ः३५ बजे मात्र अन्तर्राष्ट्रिय उडान चालू गरिएको थियो ।
चिप्लिएको विमानलाई दुर्घटनास्थलबाट पन्छाउन नेपाली सेना, नेपाल प्रहरी, विमानस्थलका अग्नि नियन्त्रक तथा उद्धार सेवाका कर्मचारी र नेपाल वायुसेवा निगमका ग्राउन्ड ह्यान्डलिङ विभागका कर्मचारी खटिएका थिए ।

355 पटक हेरिएको 

