८ भदौ, काठमाडौँ । दक्षिण कोरियाको चर्चित वाण्ड सिमिसो नेपालले वौद्धमा पनि आफ्नो शाखा विस्तार गरेको छ । काठमाडौंको सिटीसी मलबाट सेवा शुरु गरेको सिमिसोले वौद्धमा तेस्रो शाखा विस्तार गरेको हो । सिमिसोले यस अघि कालिमाटीमा आफ्नो शाखा विस्तार गरेको थियो ।
बौद्ध शाखाको आईतवार मिस नेपाल अरथ सोनिया राजभण्डारी, खेलाडी तथा कलाकार सिपोरा गुरुङ र सिमिसो नेपालका प्रमुख गोपाल कोइरालाले सयुक्त रुपमा उद्घाटन गर्नूृभएको थियो । उद्घाटन कार्यक्रम पछि वोल्दै मिस नेपाल अर्थ सोनिया राजभण्डारीले छोटो समयमा सिमिसोले नेपालीहरुको मनजित्न सफल भएको बताउनुभयो ।
सिमिसो नेपालमा खाने कुरा वाहेक सवै कुरा राखिएको सिमिसो नेपालका प्रमुख गोपाल कोइरालाले जानकारी दिनुभयो । उहाँले अगामी दिनमा उपत्यका वाहिर समेत शाखा विस्तार गर्ने योजना रहेको समेत जानकारी दिनुभयो ।