भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि दुईजनाले आज सांघातिक आक्रमण गरेका छन् ।
करिब ६ बजे उनकै निवास अगाडि अपरिचित दुई व्यक्तिले फलामे रड प्रहार गरेको घाइते प्रमुख श्रेष्ठले जानकारी दिए ।
आक्रमणपछि घाइते भएका प्रमुख श्रेष्ठको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको छ । घाइते प्रमुखको खुट्टा, दाहिने हात र टाउकोमा चोट लागेको छ ।
आक्रमणकारीको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त, थिमीले जनाएकाे छ ।

558 पटक हेरिएको 

