काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक शुरू भएकाे छ । अध्यक्ष निवास खुमलटारमा बिहान ७ बजेबाट जारी बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक विषयका बारेमा छलफल भईरहेको माअाेवादी केन्द्रले जनाएकाे छ ।
नेकपा माओवादी केन्द्र र एमालेका बीच केही दिनदेखि जारी बैठकमा भएका प्रगतिका बारेमा अध्यक्ष प्रचण्डले बैठकमा सहभागी सदस्यहरुलाई जानकारी गराउने केन्द्रले जनाएकाे छ ।

324 पटक हेरिएको 

