सभामुख सानु कुमार श्रेष्ठद्धारा भिमफेदीमा निर्मित विश्राम तथा स्नान गृहको उद्घाटन

९ काठमाडौं  ।  प्रदेश–३, का सभामुख सानुकुमार श्रेष्ठले भिम आधार सामुदायिक स्कुलद्धारा भिमफेदी गाउँ -पालिका–६ मा नवनिर्मित दुई तले भवनको शनिवार उद्घाटन गर्नूभएको छ । ३ वर्ष अघि गएको भुकम्पको कारण भत्किएको भवनलाई स्वीडेन नागरिक लगायतको सहयोगमा पुनः निर्माण गरिएको विश्राम तथा स्नान गृहको सभामुख श्रेष्ठले उद्घाटन गर्नूभएको हो ।

भवनमा कुनै पनि सामाग्री प्रयोग नगरी नेपाली मौलिक परम्परा अनुसार निर्माण गरिएको भन्दै सभामुख श्रेष्ठले प्रशंसा गर्नूभयो । उहाले यो भवनबाट अरुले पनि अनुसरण गर्न जरुरी भएको समेत बताउनुभयो । कार्यक्रममा भिमफेदी गाउँ-पालिकका अध्यक्ष हिदम लामाले भवन वनेपछि यस क्षेत्रका स्थानियहरु लाभन्वियत हुने बिश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा ६ नम्वर वडा अध्यक्ष सिताराम थापा, विधालय गुठी प्रमुख महेन श्रेष्ठ, लायन्स क्लव अफ काठमाडौं ग्रान्ड सेन्टिनियलका अध्यक्ष सर्जूवावा श्रेष्ठ, अभिभावक संघका कोषाध्यक्ष केदार कार्की लगायतको उपस्थिती रहेको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार