प्रदेश–३, मा पोशाक र लोगोको टुंगो लाग्यो

प्रदेश–३, ले पोशाक र लोगो टुंगो लगाएको छ । प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षमा वसेको वैठकले लोगो र पोसाकको टुंगो लगाएको हो ।

प्रदेश–३ को लोगोमा गौरीशंकर हिमाल, राष्ट्रिय झण्डा, पशुपतिनाथको मन्द्रिर र स्यम्भुको आँखा अंकित चित्र राखिएको छ । त्यसैगरी, पोशाकमा कालो कोट , कालो जुत्ता,  सेतो दौरा-सुरुवाल राखिएको छ । विशेष समारोहमा खैरो कोटसमेत लगाउने पाउने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो।

 

त्यसैगरी, महिलाले आफ्नो भेष भूसा अनुसारको पहिरन लगाउन पाउने व्यवस्था गरिएको समेत सभामुख श्रेष्ठले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार