सभामुख श्रेष्ठद्वारा लायन्स क्लवले गरेका कामको प्रसंसा

९ काठमाडौं । प्रदेश–३, का सभामुख सानुकुमार श्रेष्ठले लायन्स क्लवले गरेका कामको प्रसंसा गर्नूभएको छ । लायन्स क्लव अफ काठमाडौं ग्रान्ड सेन्टिनियलका अध्यक्ष सर्जुवावा श्रेष्ठको नेतृत्वमा वधाई तथा शुभकामना दिन शुक्रवार काठमाडौंबाट हेटौडा आएको टोलीसंग सभामुख श्रेष्ठले यस्तो प्रसंसा गर्नूभएको हो ।

 

भेटमा सभामुख श्रेष्ठले आफु पनि ग्रान्ड सेन्टिनियलको वरिष्ठ उपाध्यक्ष भएकाले अगामी दिनमा निस्वार्थ भावानाले काम गर्ने विषयमा सवैजना एक जुट हुने समेत विस्वास व्यक्त गर्नूभयो ।

कार्यक्रममा ग्रान्ड सेन्टिनियलका अध्यक्ष सर्जुवावा श्रेष्ठले आफुहरु शिक्षा, स्वास्थ्य, सरसफाईको क्षेत्रमा ३ नम्बर प्रदेशमा  आएर काम गर्न इच्छुक भएको बताउनुभएको थियो । जबाफमा सभामुख श्रेष्ठले स्वरोजगारको बिषय अलि बढी चासो दिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

 

कार्यक्रममा क्लवका कोषाध्यक्ष केदार कार्की, सहकोषाध्यक्ष किशोर राणा, लायन्स विनिता रिमाल, शत्रुधन राज भण्डारी, पूर्ण बहादुर श्रेष्ठ लगायत हेटौंडाका लायन्सको पनि उपस्थिती रहेको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार