गोपाल खड्कालाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

२२ असोज, काठमाडौं । सर्वोच्च अदालतले नेपाल आयल निगमको प्रमुखबाट गोपाल खड्कालाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।

खड्काले पुनर्बहालीको माग गर्दै दायर गरेको मुद्दामा न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले आइतबार अन्तरिम आदेश दिएको हो ।

बिभिन्न ठाउँको जग्गा खरिद लगायतका बिषयमा अनियमित्ता देखिएको भन्दै आयल निगमका कार्यकारी निर्देशक खड्कालाई २ असोजको मन्त्रिपरिषद् बैठकले हटाएको थियो । संसदीय समितिले पनि खड्काले आयल निगमको जग्गा खरिद प्रक्रियामा अनियमिता गरेको ठहर गर्दै कारबाहीका लागि निर्देशन दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार