पाैडेल पक्षको बहिस्कारका बिच काँग्रेसमा पदाधिकारी चयन

काठमाडौं । नेपाली कांग्रेसले रिक्त रहेको पदाधिकारी चयन गरेको छ । नेता रामचन्द्र पाैडेलपक्षको विराेधका बाबजुत कांग्रेसको निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले विमलेन्द्र निधिलाई उपसभापति, पूर्णबहादुर खड्कालाई महामन्त्रीमा र डा प्रकाशशरण महतलाई सहमहामन्त्रीमा बहुमतले चयन गरेको हो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने अनुपस्थित रहे । सहभागी सदस्यहरुमध्येबाट पदाधिकारी चयन गरिएको हो ।  महाधिवेशन भएको दुई वर्षसम्म पदाधिकारी चयन नहुँदा उत्पन्न भएका सबै प्रश्न अन्त्य भएको भन्दै नयाँ पदाधिकारीले काम सुरु गर्ने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यसअघि गत १७ गतेको लागि बोलाइएको बैठक रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधरको विरोधपछि स्थगित गरेर आजका निम्ति बोलाइएको थियो। कांग्रेसमा महाधिवेशन भएको २ महिनाभित्र चयन गरिसक्नुपर्ने पदाधिकारी २६ महिनासम्म पनि चयन हुन सकेको थिएन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार