अाइपीएलः राजस्थानलार्इ हराउँदै पञ्जावको छैटाैँ जीत

भारत । आइपिएल क्रिकेटमा किंग्स इलावेन पञ्जावले छैटौं जित हात पारेको छ। पञ्जावले आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको हो। जितसँगै पञ्जाव ९ खेलबाट १२ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। अंक तालिकाको पुछारमा रहेको राजस्थानको ९ खेलबाट ६ अंक छ।

राजस्थानले दिएको १ सय ५३ रनको लक्ष्य पञ्जावले ४ विकेट गुमाएर ८ बल खेल्न बाँकी छदा पार गरेको थियो। पञ्जावका लागि ओपनिङ ब्याट्सम्यान लोकेश राहुलले नटआउट ८४ रन जोडे। उनले ५४ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। मार्कोस स्टोइनिसले नटआउट २३ र करुण नइरले ३१ रन जोडे।

त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतिमा १ सय ५२ रन जोड्यो। राजस्थानका लागि जोस बटलरले ५१ र सन्जु समासनले २८ रन जोडे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार