काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका लागि काठमाडौँ महानगरपालिकाले १८ वटा उपसमिति गठन गरेको छ ।
वैशाख २९ गते अपराह्न भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएअनुसार उपसमिति गठन गरिएको हो । उपसमितिले सरसफाइ, निमन्त्रणा, सुरक्षा, स्वागतद्वार निर्माण, सडक किनाराका खम्बामा झण्डा राख्ने काम, कार्यक्रमस्थल राष्ट्रिय सभागृह र अन्य स्थानमा मर्मतसम्भार, रङरोगनजस्ता काम गर्नेछ ।
मेयर विद्यासुन्दर शाक्यले पाहुनाको स्वागतमा कुनै कमी हुन नदिन सरसफाइ र मर्मतको काम तत्कालका लागि मात्र नभई लामो समयसम्म टिकाउ हुनेगरि गर्न उपसमितिलाई आग्रह गरे ।
वैशाख २८ गते नेपाल आउने माेदीलाइ पहिलो दिन प्रदेश नं २ को जनकपुर र काठमाडौँ तथा दोस्रो दिन मुक्तिनाथको दर्शन तथा जोमसोमको यात्रा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

711 पटक हेरिएको 

