अाफैले गाेली हान्न लगाएको अारोपमा स्वामी श्रीनिवास पक्राउ

काठमाडाैँ । आफैलाई गोली हान्न लगाएकाे अाराेपमा हिन्दु धर्मगुरू श्रीनिवास अाचार्यलार्इ प्रहरीले पक्राउ गरेको छ । आचार्यलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरी  मोरङ लगेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा गत चैत २५ गते विराटनगर–१४ जतुवामा अायाेजना हुन लागेकाे महायज्ञमा सहभागी हुन गएका श्रीनिवासलार्इ अाफैले गाेली हान्न लगाएको पुष्टि भएको हो ।

उनले अाफ्नै अंगरक्षकलार्इ गाेली हान्न लगाएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे हाे । स्वामी आचार्यले नवलपरासी गैंडाकोट नगरपालिका–५ का लक्ष्मीराज अधिकारीलाई गोलीसहितको हतियार व्यवस्थापन गर्न लगाई गोली हान्ने मान्छे चौधरीलाई खोजी प्रशिक्षणसमेत दिई गोली हान्न लगाएको प्रहरीको अारोप छ ।

अभियुक्त चौधरी र अधिकारीले स्वामीको आदेशअनुसार हातमा गोली हान्नुपर्नेमा कुममा लागेको पत्रकार सम्मेलनमा बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार