१५, काठमाडौं । कागेश्वरी मनोहरामा प्रथम एन प्याव्सन अन्तरविधालय नृत्य प्रतियोगिता आयोजना हुने भएको छ । एनप्याव्सको आयोजनामा सुक्रवार मनहरा नगरपालिका भित्रका विधालयहरु विच नगरस्तरिय नृत्य प्रतियोगिता हुन लागेको हो ।

१४ वटा विधालयहरु विच गराईने प्रतिस्पर्धामा प्रथम हुनेलाई नगद ५ हजार, ट्रफि र प्रमाणपत्रको व्यवस्था गरिएको छ । त्यसैगरी, द्धितीय, तृतीयलाई क्रमशः ३ हजार, २ हजार नगद, ट्रफि र प्रमाणपत्रको व्यवस्था गरिएको एन प्याव्सन नगर प्रमुख अमृत कुमार खड्काले जानकारी दिनुभयो । उहाले विधार्थीहरुको अतिरिक्त कृयाकलापलाई जोड दिने उदेस्यले नृत्य प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

नृत्य प्रतियोगितामा राष्ट्रिय स्तरका कलाकारलाई पनि निमन्त्रणा गरिएको र त्यसदिन एस.ई.ई उत्कृष्ट अंक ल्याउने छात्र–छात्रालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको कार्यक्रम संयोजक तथा अर्किड प्युपलका अध्यक्ष प्रेम कुमार भुजेलले बताउनुभयो ।
उहाले वृहत नृत्य प्रतियोगितमा त्यस क्षेत्रका अभिभावक, विधार्थी, बुद्धिजिवी लगायत सवैलाई उपस्थितीको लागि आग्रह समेत गर्नुभएको छ ।

नृत्य प्रतियोगिता वारे आयोजित प्रत्रकार सम्मेलनमा एनप्याव्सका, नगर सचिव सुजन थपलिय, विभिन्न विधालयका प्रधानाध्यापक लगायतको उपस्थिती रहेको थियो ।



2501 पटक हेरिएको 

