एनप्याब्सन प्रथम नृत्य प्रतियोगिताको उपाधी बेस्ट ग्रुपलाई

काठमाडौं, १८ । अन्तरविधालय नृत्य प्रतियोगिताको उपाधी काठमाडौं बेस्ट ग्रुप भिजनले हात पारेको छ । एनप्याब्सनको आयोजनामा सुक्रवार सम्पन्न नृत्य प्रतियोगितामा १४ वटा विधालयहरुलाई पछि पादै पेप्सीकोला, स्थित बेस्ट ग्रुप भिजनले हात पारेको हो ।

त्यसैगरी, दितीय पुरस्कार दिपीका स्कुल, कोटेश्वर, तृतीय पुरस्कार भिमेश्वर एकेडेमी, काडाँघारी र चौथौ अर्थात सान्त्वना पुरस्कार काडाँघारीकै पाणीनीले जितेको छ । विजेताहरुलाई शनिवारै कागेश्वरी मनहरा नगरपालिका मेयर कृष्ण हरि थापाले  प्रथम, दितीय, तृतीय र सान्त्वनालाई क्रमशः ५ हजार, ३ हजार २ हजार र १ हजार ५ सय रुपैयाका दरले नगद ट्रफि, प्रमाणपत्र प्रदान गर्नूभयो ।

कार्यक्रममा कागेश्वरी मनहरा नगरपालिका मेयर थापाले विभिन्न विधालयहरु विच नृत्य प्रतियोगिताको आयोजना गर्दा विधार्थीको आत्माविश्वास वढ्नका साथै एक आपसका ज्ञानहरु आदन–प्रदान गर्ने मद्दत पुग्ने विस्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा एस.ई.ई परीक्षामा उत्कृष्ट अंक ल्याउने विधाथीहरुलाई सम्मान समेत गरिएको थियो । एनप्याब्सनले पछिल्ला समयमा विभिन्न कार्यक्रमहरु गदै आएको छ । त्यसैको निरन्तरा स्वरुप अन्तरविधालय प्रथम नृत्य प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक तथा एनप्याब्सन नगर कोषाध्यक्ष प्रेमकुमार भुजेलले बताउनुभयो । उहाले कार्यक्रममा विधार्थीहरुले सोचेको भन्दा राम्रो नृत्य प्रस्तुत गरेको समेत बताउनुभयो ।

कार्यक्रममा एनप्याब्सन नगर अध्यक्ष अमृत कुमार खड्का, सचिव सुजन थपलिया, दिपीका स्कुलका रमा श्रेष्ठ, टंक खड्का लगायत विभिन्न विधालयका प्रधानाध्यापक, व्यवस्थापक, विधार्थीहरुको सहभागिता रहेको थियो ।

फोटोहरु : संगम कोइराला

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार