अर्किड आइडल “डान्स प्रतियोगिता” को उपाधी पृष्पा कोइरालालाई

१७, काठमाडौं । अर्किड आइडल डान्स प्रतियोगिताको उपाधी पृष्पा कोइरालाले हात पारेकी छिन् । अर्किड प्यूपल सेकेन्डरी स्कुलको प्रागणमा शुक्रबार सम्पन्न फाइनल प्रतियोगितामा ८१ जना प्रतिस्पर्धीलाई उछिन्दै कोइरालाले प्रथम पुरस्कार हात पार्न सफल भएकी हुन् ।

त्यसैगरी, दृतीय पुरस्कार रोनिशा गोलेले जितेकी छिन् । तृतीय पुरस्कार अर्किड प्यूपल सेकेन्डरी स्कुलकै सम्झना श्रेष्ठ र चौथो पुरस्कार  प्रसन्न कार्कीले जित्न सफल भएकी छिन् । विजेताहरुलाई शुक्रवारै अर्किड प्युपल सेकेन्डरी स्कुलका अध्यक्ष प्रेम कुमार भुजेललले ट्रफि, प्रमाणपत्र प्रदान गर्नूभयो ।

पछिल्लो समयमा अर्किड प्युपलले पढाईको साथ साथै अतिरिक्त कृयाकलापमा पनि त्यतीकै जोड दिदै आएको छ । त्यसैको निरन्तर स्वरुप यो वर्ष पनि अर्किड आइडल “नृत्य – प्रतियोगिता” को आयोजना गरेको बिधालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार