शिक्षक सेवा आयोगको परीक्षा केन्द्र निर्धारण (कुन जिल्लाको कहाँ सेन्टर ? )

काठमाडौं । आगामी असोज ११ , १२ र १३ गते हुने माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहको खुल्ला प्रतिस्पर्धात्मक लिखित परीक्षाका लागि शिक्षक सेवा आयोगले परीक्षा केन्द्र तोकेको छ । फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाईने गरी ३४ जिल्लामा केन्द्र तय भएको आयोगले जनाएको छ ।

यसरी केन्द्र निर्धारण गर्दा तीनै तहको परीक्षाका लागि फारम भरेका परीक्षार्थीले जुन जिल्लामा केन्द्र परेको छ सोही जिल्लाबाट मात्र परीक्षा दिनपाउने छन् । फारम भरेकै जिल्लाबाट परीक्षा दिदाँ परीक्षार्थीले चिनेका केन्द्राध्यक्ष वा निरिक्षक हुने भएकोले चलखेल हुने आशँका सहित आयोगले जिल्ला फेरवदल गरेको हो । अहिले परीक्षा केन्द्र रहने जिल्ला मात्रै तय गरिएको र कुन विद्यार्थी कुन केन्द्रमा भन्ने कुरा पछि तोकिने आयोगले जनाएको छ ।

आयोगले परीक्षा केन्द्र तोकेका ३४ जिल्लामा ईलाम, झापा, मोरङ्, सुनसरी, उदयपुर, सप्तरी, सिराह, सिन्धुली, धनुषा, काभ्रे, भक्तपुर, काठमाडौं, ललितपुर र मकवानपुर छन् । यस्तै, चितवन, पर्सा, गोर्खा, कास्की, तनहुँ, स्याङ्जा, नवलपरासी र रुपन्देहीमा केन्द्र तोकिएको छ । यस्तै कपिलबस्तु, पर्वत, प्यूठान, दाङ् सुर्खेत, बाँके, बर्दिया, डोटी, कैलाली, डडेल्धुरा र कञ्चनपुरमा परीक्षा केन्द्र तोकिएको छ ।

कुन जिल्लाको कहाँ केन्द्र तोकियो ? यहाँ क्लिक गर्नाेस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार