२३ भदौ, काठमाडौं । डिन अन्तर विधालय हाजिरी जबाफ प्रतियोगिताको उपाधी दिव्य दर्शन स्कुलले हात पारेको छ । शुक्रवार काठमाडौंमा सम्पन्न दोस्रो डिन प्रतियोगिताको उपाधी सिनामंगल स्थित दिव्य दर्शन स्कुलले हात पार्न सफल भएको हो ।

१३ वटा विधालय बिच गराईएको हाजिरी जबाफ प्रतिस्पर्धामा प्यारामाउन्ट एकेडेमी दोस्रो, क्यानभास स्कुल तेस्रो र नेपाल सेन्ट्रल हाईस्कुलले चौथो पुरस्कार जित्न सफल भएको छ । विजेताहरुलाई शुक्रवारै प्याब्सनका केन्द्रिय सचिव आर.बी. कटुवाल र काठमाडौं प्याब्सनका उपाध्यक्ष प्रेमकुमार राईले प्रमाणपत्र, ट्रफि प्रदान गर्नूभयो ।

डिनले केही वर्ष यता देखि विभिन्न किसिमका कार्यक्रम गदै आएको छ । त्यसैको निरन्तरता स्वरुप अन्तरविधालय हाजिरी- जबाफ प्रतियोगिता आयोजना गरिएको प्याब्सनका सह-सचिव सुर्य भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रममा प्याब्सनका केन्द्रिय अध्यक्ष बिजयसम्हाम्फे, काठमाडौं प्याब्सनका हरीकृष्ण श्रेष्ठ, एनप्याब्सन नगर कोषाध्यक्ष प्रेम कुमार भुजेल लगायत विभिन्न विधालयका विधार्थी, अभिभावकहरुको उपस्थिती रहेको थियो ।
अन्य फोटोहरु : संगम कोइराला





928 पटक हेरिएको 

