धनुषा । धनुषाको धनुषाधाम नगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ ।
धनुषाधाम बजारको धनुषा मन्दिर पछाडि रहेको नगरपालिका कार्यालयमा बुधबार राति ९ बजे बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
विस्फोट भएको स्थानमा कुकरको सिट्ठी भेटिएकोले बम विस्फोट भएको पुष्टि भएको हो । विस्फोटले नगरपालिकाको पर्खाल र सभाहलको भित्तामा क्षति पुगेको छ ।
विस्फोट कसले गराएको हो भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

802 पटक हेरिएको 

