पूर्व शिक्षामन्त्री धनिराम पौडेलको निधन

चितवन । पूर्व शिक्षामन्त्री धनिराम (डिआर) पौडेलको निधन भएको छ । पौडेलको शुक्रबार बिहान चितवनको माडिस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको नेकपा नेतृ पम्फा भुसालले जानकारी दिइन् ।

नेकपाका केन्द्रीय कमिटी सदस्य समेत रहेका उनलाई माडी नगरपालिका–५ रमाइलोडाँडास्थित आफ्नै निवासमा उनलाई हृदयाघात भएपछि बिहान ७ बजे माडीस्थित बघौडा अस्पतालमा लगिएको थियो ।

अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । पौडेल संविधानसभाको सदस्य थिए । उनकी श्रीमती गङ्गा वेलवासे पनि पार्टीको केन्द्रीय सदस्य हुन् । उनका दुई छोरी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार