काठमाडौं । कतारमा वैदेशिक रोजगारीका लागि कतार पुगेका नेपाली कामदारको तीन महिनाको अबधिमा २७ जनाले ज्यान गुमाएका छन्।
२०७५ माघ १ देखि २०७५ चैत्र मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै नेपाली दूतावास कतारले विभिन्न कारणले कतारमा ३ महिना भित्र २७ नेपालीले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
यस्तै, दूतावासले कतारका विभिन्न अस्पतालमा सिकिस्त बिरामी भएर ८ जना नेपाली कोमामा रहेका जानकारी दिनुको साथै, कानुनी कारबाहीको सिलसिलामा कतारको केन्द्रीय कारागारमा ३७ जना नेपालीहरुले जेल जीवन बिताइरहेको समेत दूतावासले उल्लेख गरेको छ।
दूतावासले तीन महिना भित्र आफ्नो सुरक्षित सेल्टर हाउसमा राखेर दुई महिलालाई उद्दार गरि स्वदेश फिर्ता गरेको छ। अबैधानिक रुपमा बसेका २७५ जना नेपालीहरुलाई कानुनी प्रक्रिया पुरा गरि स्वदेश फिर्ता पठाएको नेपाली दूतावास कतारले जनाएको छ।