नेपालटार स्थित प्रारम्भ वल्ड स्कुल एण्ड कलेज ले आज सोमबार अभिनन्दन कार्यक्रम गरि १२ को परिक्षा दिएर बसेका बिधार्थीहरुलाई सम्मान प्रधान गरेको छ । यो कार्यक्रम बुढानिलकण्ठ स्थित पार्क भिलेज रिशोर्ट मा सम्पन्न भएको थियो।
यस कार्यक्रममा शभापतिको आशनमा कलेजका अध्यक्ष बिनोद चापागाई थिए भने विशेष अतिथिको आशनमा स्व कलेजका प्रध्यानध्यापक कमल ज्ञावली र सी.ई.ओ दिपक खड्का थिए । कार्यक्रमको मुख्य उदेश्य +२ दिएर बसेका बिधार्थीहरुको लागि आगामी दिनमा आउन सक्ने बिभिन्न किसिमका समस्या संग लड्नका लागि हौसला प्रधान गर्नु थियो।
स्व कार्यक्रम अन्तर्गत बोल्दै कलेजकाअध्यक्ष चापागाईले भने ” सस्थाले जुन किसिमले गुणस्तरीय शिक्षा लाई केन्द्रित गर्दै अगाडी बढेको छ त्यस्तै गरि भविष्यमा अझ बढी आधुनिक शिक्षा लाई समेट्दै अगाडी बढ्नेछ र जसले गर्दा यहाँ अध्ययन गर्ने हरेक विधार्थीले जुनै पनि ठाउँमा गएर प्रतिस्प्रधा गर्न सक्षम हुनेछन” । यसैगरी बिद्यालयका प्रधानाध्यापकले भनेका थिए ” हामीले शिक्षा लाई शैद्धान्तिक हिसाबले मात्र नभई व्यवहारिक तरिकाले पनि अगाडी बढाईरहेको छौ जसले गर्दा हाम्रा विद्यार्थीले भविष्यमा कुनै पनि ठाउँमा आफुले पाहेको मौकालाई सजिलै संग सदुपयोग गर्न सक्नेछन” यो संस्था मा विद्यार्थीको संख्या लगातार बढ्दै गएको कुरा पनि बताए।