पैसाको लागि जे काम गर्न पनि तयार छु – अक्षय कुमार

काठमाडाैं,

बलिउड अभिनेता अक्षय कुमार आगामी फिल्म ‘रक्षा बन्धन’को प्रदर्शनको तयारीमा छन्।

‘रक्षा बन्धन’को गीत सार्वजनिक कार्यक्रममा उनले पैसाको लागि जस्तो काम गर्न पनि तयार हुने बताएका छन्। उनले फिल्म, कार्यक्रम या विज्ञापन कुनै काम अस्वीकार नगरेको पनि बताए।

 

‘मानिसहरूले मलाई एक वर्षमा यति धेरै फिल्म किन गर्नुहुन्छ? भन्छन् तर मैले मेरो जीवनमा तीन वटा कुरा बुझेको छु- काम, कमाइ र कर्म। म धेरै मेहनत गर्छु र सक्ने जति काम गर्छु। मलाई आएको कुनै पनि कामलाई म अस्वीकार गर्दिनँ। चाहे त्यो जस्तोसुकै भूमिका होस्, कुनै विज्ञापन या कुनै कार्यक्रम,’ उनले भने।

‘कामले नै कमाइ हुन्छ। त्यही कमाइबाट राम्रो काम गर्ने प्रयास गर्छु। यदि राम्रो काम गरेर समाजका लागि केही दिन सकिन्छ भने मलाई त्यसमा केही गलत छ भन्ने लाग्दैन,’ उनले भनेका थिए ।

 

अगस्ट ११ मा प्रदर्शन हुने फिल्म ‘रक्षा बन्धन’मा अक्षय भूमि पेडनेकरसँग देखिँदैछन्। आनन्द एल रायले निर्देशन गरेको फिल्मलाई कलर एल्लो प्रोडक्सन, जी स्टुडिओ र अल्का हिरानन्दनीले निर्माण गरेको हो।

उनी रक्षा बन्धनसँगै राम सेतू, कठपुतली, सेल्फी, ओएमजी २, क्यापसुल गिल र सुर्याको फिल्म ‘सारारई पोटारू’को हिन्दी रिमेक गरी सात फिल्ममा देखिँदैछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार