प्रदेश सरकार केन्द्रमै निर्भर : २ खर्बको बजेट, २५ अर्ब आम्दानी

काठमाडाैँ । २ खर्बभन्दा बढीको बजेट ल्याएका प्रदेश सरकारहरुको आन्तरिक स्रोतबाट भने न्युन देखिएको छ । प्रदेश सरकारहरुले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटअनुसार सातवटै प्रदेशसले २५ अर्ब ६३ करोड रुपैयाँमात्र आन्तरिक स्रोत परिचालन गर्नेछन् । ७ वटा प्रदेशको बजेटको आकार २ खर्ब ६ अर्ब ७७ करोड रुपैयाँ छ ।...

प्रदेश नम्बर ७ को नीति कार्यक्रम पारित

धनगढी । प्रदेश नम्बर ७ को नीति तथा कार्यक्रम आज सर्वसम्मतिले पारित भएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले यही जेठ २६ प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि ३ दिन छलफल भएको थियो । आगामी असार १ गते अपराह्न ३ बजे बस्ने अर्को बैठकमा सरकारले आव २०७५/७६ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।...

सरकारले ३ महिनामै बाँड्यो १ करोड

काठमाडौं - सरकारले उपचार खर्च र आर्थिक सहायताका नाममा ३ महिनामा १ करोडभन्दा बढी रकम बाँडेको छ । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएयता मन्त्रिपरिषद् बैठकमार्फत् १ करोडभन्दा बढी आर्थिक सहयोग बाँडिएको हो । कतिपय सहयोग लैंगिक हिंसा, बलात्कारका घटनामा पीडित बनेका , विभिन्न आन्दोलनका घाइते तथा अंगभंग भएकाको जीविकोपार...

शेयर कारोबारमा लगाइएको करका विषयमा सरकार पछि हट्यो

काठमाडौँ । सेयर लगानीकर्ताको आन्दोलनपछि सरकार हकप्रद र बोनस सेयरको आधारमूल्यमा पुँजीगत लाभकर लगाउने निर्णयबाट पछि हटेको छ । लगानीकर्तासँग बुधबार भएको वार्तामा सरकारले चालू आर्थिक वर्षभरि पुरानै व्यवस्थाअनुसार पुँजीगत लाभकर गणना गर्ने निर्णय भएको हो । लगानीकर्ताले कारोबार नै रोकेर आन्दोलनमा उत्रिएपछि अर्थ मन्त्रालयले...

मनलाग्दी भाडा असुल्ने डेढ सय ट्याक्सीमाथि कारबाही

काठमाडाैं । सरकारले ट्याक्सीमा जडित मिटरमा कैफियत भेटिएका १ सय ५० वटा ट्याक्सीलाई कारवाही गरेको छ । वितेको दुई महिनामा ती ट्याक्सीबाट जरीवानास्वरुप १ लाख ५० हजार रुपियाँ राजस्व संकलन भएको गुणस्तर तथा नाप तौल विभागले जनाएको छ । विभागको तथ्यांकअनुसार अहिले उपत्यकामा भाडाका १० हजार ६ सय ३८ वटा ट्याक्सी गुड्दै आएका छन् । ...

संगठित सुन तस्करी प्रकरण : एसएसपी खत्री छुटे कि छुटाईएका थिए ?

काठमाडाैं । जिल्ला अदालत कोठामाडौंले पर्याप्त प्रमाण, आधार र विषयवस्तु केलाउन नसक्दा सुन तस्करीमा जोडिएको एसएसपी श्यामबहादुर खत्री धरौटीमा छुटेर पुरानै धन्दामा सक्रिय भएको खुलेको छ । गत बर्ष साढे ३३ किलो सुन बरामद प्रकरणमा मुछिएका खत्रीलाई न्यायाधीश दीपेन्द्र अधिकारकिो ईजालासले वस्तुगत स्वतन्त्र प्रमाणको अभाव देखाउँदै...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि बाध्यता भएको मन्त्री यादवको भनाइ

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभई बाध्यता भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उनले इन्डियन आयल कर्पाेरेशन र नेपाल आयल निगमबीच भएको सम्झौताअनुसार मूल्य वृद्धि भएको बताए । सन् २०१७ मार्च १८ मा अन्तर्राष्ट्रिय क्षेत्रम...

साढे ३३ किलो सुन काण्डका छिरिङ वाङ्गेल जेल चलान

विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका आरोपी छिरिङ वाङगेल घलेलाई जिल्ला अदालतन मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । फरार सूचीमा रहेका उनले आइतबार अदालतसमक्ष आत्मसमर्पण गरेका थिए। कानुन व्यवसायीमार्फत् अदालतको सम्पर्कमा पुगेलगत्तै उनको बयान लिइएको थियो। बयान सकिएपछि जिल्ला न्यायाधि...

फेरि बढ्यो ईन्धनको भाउ

काठमाडाैँ । अन्तर्राष्ट्रिय बजारमा ईन्धनको मुल्यबृद्धि भएपछि नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । ईन्डियन आयल कर्पोरेसन आइओसी बाट मुल्य बढेर आएपछि निगमले पेट्रोल, डिजेल मटीतेल र हवाई ईन्धन एटिउफ को मुल्य बढाएको हो । निगमले एक महिना अवधिमा समायोजन भन्दै दुईपटक मुल्य बढाएको छ । पेट्रोल, डिजे...

बजेट भाषणलगत्तै मूल्यवृद्धि, व्यवसायीको मनोमानी

काठमाडौं । बजेट भाषणलगत्तै कोटेश्वर निवासी चन्दा पौडेल फ्रिज खरिद गर्न न्युरोड पुगिन् । व्यवसायीले भन्सार बढेको जनाउँदै बजारभाउ भन्दा थप ५ प्रतिशत बढी रकम असुल्न खोजे । ‘बजेट भाषणको केही दिनपछि मूल्य बढ्नु स्वाभाविक हुन्छ,’ उनले भनिन्, ‘तर, भाषणसँगै बढी मूल्य तिर्न बाध्य भएँ ।’ पौडेलजस्तै इलेक्ट्रोनिक उपभोक्ता मूल्य व...