तपाइँले घरमा पालेको कुकुर अब केवल घरको सुरक्षाका लागि मात्र होइन की तपाइँको ज्यान जोगाउने मामिलामा पनि काममा आउनेछ । अनुसन्धानकर्ताहरुले एक नयाँ प्रविधिको विकास गरेका छन् जसको मद्दतले कुकुरले पुलिसलाई फोन गर्न सक्नेछ ।
यदि कोही मानिस घरमा एक्लै छ र कुनै समस्यामा परेको छ भने उक्त कुकुरले तुरुन्त पुलिसलाई फोन गरेर जानकारी गराउनेछ ।
अमेरिकाको जर्जियास्थित एक टेक्नोलोजी विश्वविद्यालयले अनौठो ट्याबलेटको आविष्कार गरेका छन्, जसलाई मानिसले होइन कुकुरले प्रयोग गर्नेछ ।
जर्जिया इन्स्िटच्यूट अफ टेक्नोलोजीले फिडो प्रोजेक्टमार्फत उक्त ट्याबलेट निर्माण गरकेो हो । उक्त ट्याबलेट विशेष छ । त्यसलाई मानिसका लागि होइन कुकुरका लागि बनाइएको हो ।
यदि अचानक तपाइँलाई हृदयाघात भयो भने कुकुरले ट्याबलेटमा गएर नाक रगडेर इमर्जेन्सी नम्बरमा कल गर्न वा टेक्स्ट गर्न सक्दछ । यद्यपि यो व्यवहारिक रुपमा कति सम्भव होला त्यो प्रयोगपछि मात्र थाहा होला । शोधकर्ताहरुका अनुसार यदि कुकुरलाई तालीम दिनेहो भने उसले यो ट्याबलेटको सही उपयोग गर्न सक्नेछ ।
एनिमल कम्प्युटर अन्तरक्रिया परियोजनाका निर्देशक मेलोडी ज्याक्सनका अनुसार जब कुकुरले ट्याबलेटको स्त्रिmन स्पर्श गर्दछ तब विभिन्न आइकन खुल्दछन् । जसमा इमरजेन्सी नम्बर पनि हुनेछ । जब कुकुरले उक्त नम्बरमा छुन्छ तब पुलिसलाई कल जान्छ । त्यसमा जिपिएस लगाएको हुनाले पुलिसले सजिलैसँग कुन ठाउँबाट फोन आएको हो भन्ने कुरा थाहा पाउन सक्दछ । एजेन्सी