काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गठन गरिएको समितिले वैशाख ९ गते पार्टी एकताको घोषणा गर्न सुुझाव दिएको छ ।
प्रधानमन्त्री निबास बालुवाटारमा मगलबार बसेको पार्टी एकता संयोजन समितिको बैठकमा अन्तरिम विधान र सांगठनिक संरचनाकाका विषयमा सुुझाव दिन गठित छुट्टाछुट्टै समितिले प्रतिवेदन बुझाउँदै अप्रिल २२ तारेख अर्थात वैशाख ९ गते पार्टी एकता गर्न सुझाव दिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिवेदनमामाथि छलफल गरेर आवश्यक निर्णय लिईने उहाले जानकारी दिनुभयो । पार्टी एकता संयोजन समितिको चैत २२ गते बैठक बस्ने र एकताको अन्तिम टुङ्गो लगाईने एमाले नेता ईश्वर पोखरेलले जानकारी दिनुभयो ।
कार्यदलले एकीकृत पार्टीको निर्देशक शिद्धान्त, सांगठनीक संरचना लगायतका विषयमा खाका तयार पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अगाडि नै दुई पार्टीबीच एकता गर्ने तयारी रहे पनि त्यो सम्भावना टरेको अवस्थामा कार्यदलले प्रतिवदेन बुझाएका हुन् ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६०–४० को सहकार्य गरेका दुई पार्टीले त्यही बेला निर्वाचन पछि पार्टी एकता गर्ने घोषणा गरेका थिए । प्रदेश सरकार र केन्द्र सरकार र अन्य पदहरुमा पनि दुई पार्टीले भागवण्डा मिलाएका थिए ।
एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल हुनुहन्छ । यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहनुभएको छ ।

405 पटक हेरिएको 

