साझा यातायातले काभ्रेसम्म बस चलाउन शुरू गर्याे

काठमाडौं । अरू वस व्यवसायीले गाडी नचलाएपछि अरनिकाे राजमार्गमा साझा यातायातले रत्नपार्कदेखि वनेपासम्म वस सञ्चालनमा ल्याउने भएको छ ।

नियमित रूपमा अरनिको राजमार्गमा बस चलाउँदै अाएका व्यवसायीले कोटेश्वर पुर्वका सार्वजनिक सवारी साधन रोकेपछि साझाले बस चलाउन लागेकाे हाे ।

मयुर यातायातले धुलिखेलसम्मको रुट इजाजत पाएपछि अन्य यातायात व्यवसायी विरोध गर्दै यातायात चलाउन बन्द गरेका थिए ।

अरनिको यातायातका ११ समितीले वस रोकेपछि साझा यातायातले आफ्ना वस उक्त रुटमा चलाउने भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार