तामाकोसी आयोजना समयमै सम्पन्न गर्न प्रधानमन्त्री अाेलीकाे निर्देशन

दोलखा । प्रधानमन्त्री केपी ओलीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिएका छन ।

दोलखाको लामाबगरस्थित आयोजनाको निरीक्षण गर्न पुगेका ओलीले राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारको कुनै निकायले ढिलासुस्ती गर्न नपाउने भन्दै ढिलासुस्ती गरे तत्काल कारबाही गर्ने चेतावनी दिए ।

कुनै पनि ठाँउमा ढिला सुस्ती काम हुन नदिने सरकारको निति रहेको बताउँदै उनले निर्धारित समयभन्दा एक दिन पनि ढिला नगरी आयोजना सम्पन्न हुनुपर्नेमा जोड दिए। आयोजना निर्माणको एक दिन ढिला हुँदा ४ करोडको घाटा हुने प्रधानमन्त्री ओलीले बताए ।

२०६७ सालदेखि निर्माण सुरु भएको यो आयोजनामा भूकम्प, भारतीय नाकाबन्दी, विष्फोटक पदार्थको आपूर्तिमा ढिलासुस्ती र नक्सा डिजाईनमा भएको त्रुटिका कारण निर्धारित समयभन्दा ढिलो सम्पन्न हुने आयोजनाका कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ ।

आयोजनाको ९४ दशमलव ०४ प्रतिशत कार्य सम्पन्न भइसक्दा ३७ अर्ब ७१ करोड रुपैयाँ खर्च भइसकेको छ । चिनियाँ कम्पनी सिनो हाइड्रोले निर्माण ठेक्का पाएको यो आयोजना सन २०१९ को मे भित्र सम्पन्न गर्नुपर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार