काठमाडौं । गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले दिएको राजीनामा स्वीकृत गरेको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) का दाबेदार रहेका खररेलले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै आज राजीनामा दिएका थिए । खरेलले दिएको राजीनामा आजै स्वीकृत भएको छ ।
खरेलले आफू अपमानित भएर काम नगर्ने भन्दै राजीनामा दिएका हुन् ।

425 पटक हेरिएको 

