नक्कली प्रमाणपत्र बनाउने तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको नेपालटार स्थित एक घरमा नक्कली नक्कली कागजात बनाउने कारखाना भेटिएको छ । नेपाल प्रहरीले दिने चालचलन रिपोर्टदेखि शैक्षिक प्रमाणपत्र र विभिन्न सरकारी र तथा गैरसरकारी निकायको नक्कली कागजात बनाउने कारखाना भेटिएको हो ।

कारखानबाट नक्कली प्रमाणपत्र छाप्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीलेनियन्त्रणमा लिएको छ । महानगरीय अपराध महाशाखाका अनुसार सल्यान स्थायी घर भएर नेपालटार बस्दै आएका बल बहादुर राउत, चितवन स्थायी घर भएर बागबजार बस्दै आएका अर्जुन अधिकारी र गुल्मी स्थायी घर भएका खुमानसिंह थापा पक्राउ परेका छन् ।

बल बहादुर राउतले विगत चार बर्षदेखि आफ्नै कोठामा सरकारी तथा अन्य निकायका नक्कली कागजात बनाएर विक्री गर्ने गरेको खुलेको छ । उनले बैंक स्टेटमेन्ट, लाइसेन्स, जन्मदर्ता, नाता प्रमाणित तथा प्रहरी रिपोर्ट समेत नक्कली बनाउने गरेको प्रहरीले बताएको छ ।

राउतले अहिलेसम्म चार हजार नक्कली शैक्षिक प्रमाणपत्र, १ हजार ५ सय थान शैक्षिक प्रमाणपत्र, ४ सय थान लाईसेन्स र १५० थान प्रहरी रिपोर्ट बनाएको अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखाले जानकारी दियो । शाखाका अनुसार ट्रान्सक्रिप्ट र सवारीचालक अनुमतिपत्रमा प्रयोग हुने होलोग्राम राउतले भारतबाट ल्याउने गरेको पाइएको छ ।

राउतले नक्कली कागजात १ हजार पाँच सय देखी ५ हजार मुल्यमा विक्री गर्थे भने बिचौलियाको रुपमा अर्जुन अधिकारीले चार लाखसम्ममा विक्री गर्ने गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार