काठमाडौं । सरकारले सिन्डिकेट चलाउँदै आएका देशभरिका यातायात समितिहरु खारेज गरेपछि यातायात व्यवसायीले चरणबद्ध आन्दोलन घोषणा गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गरी यातायात व्यवसायीले यातायात नै ठप्प पार्ने चेतावनी दिएका हुन् । सल्लाह नै नगरी यातयात व्यवस्था निर्देशिका संशोधन गरेर आफूहरुको १० खर्ब लगानी रहेको व्यवसाय धरासायी बनाउन लागेकाले आन्दोलन गर्न लागिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए ।
वैशाख २७ गतदेखि अनिश्चितकालीन रुपमा गाडीहरु घर र ग्यारेजमा थन्काउने उनीहरुले घाेषणा गरेका छन् ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले देशभरिका यातायात समितिहरु नवीकरण नगर्ने निर्णय गरेको थियो । सामाजिक संस्थाका रुपमा यातायात समितिहरु दर्ता गरेर अर्बौंको व्यवसाय गरेपछि त्यसविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै सरकारले कम्पनीमा दर्ता भए मात्र यातायात व्यवसाय गर्न पाउने निर्णय गरेको हो।

1108 पटक हेरिएको 

