पदाधिकारी मनाेनयन गर्दै देउवा, अान्तरिक किचलाे बढ्दै

काठमाडौ । कांग्रेस सभापति शेरबहादुर देउवाले जारी बैठकमै पदाधिकारी मनोनित गर्ने गृहकार्य गरेसँगै असन्तुष्ट पक्षले विधानलाई लेखाएर ढिलो मनोनित पदाधिकारीलाई नमान्ने भनि विरोध गर्ने तयारी गरेका छन् ।

कांग्रेस विधानमा सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्ने व्यवस्था छ ।

सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाशशरण महतलाई मनोनित गर्ने तयारी गरेको देउवा निकट स्रोतले जानकारी दिएको छ ।

उपसभापतिमा निधिलाई मनोनित गर्ने छनक पाएका देउवा निकट नेता गोपालमान श्रेष्ठले समेत आफ्नो दाबीलाई अझ कसिलो बनाउँदै लगेका छन् ।

समाचापत्रमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार