काठमाडौं । अब धर्म परिवर्तन गराउने व्यक्ति वा संस्थालाई संस्थााको दर्ता खारेजी र सम्बद्ध व्यक्तिलाई देश निकालासम्म गर्न सक्ने व्यवस्थासहितकाे कानून बनाउन लागेकाे छ ।
करिब २५० भन्दा बढी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र तिनका पदाधिकारीमाथि कडाइ गर्दै राष्ट्रिय सदाचार नीति ल्याउन लागिएको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले राष्ट्रिय सदाचार नीतिको मस्यौदा तयार पारिरहेको छ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवरले सार्वजनिक निकाय, निजी क्षेत्र, राष्ट्रिय ताथ अन्तराष्ट्रिय गैरसरकारी क्षेत्रलगायतलाई नैतिकवान बनाउन राष्ट्रिय सदाचार नीति ल्याउन लागिएको जानकारी दिए ।

370 पटक हेरिएको 

