अाज फेरी प्रचण्ड–अाेलीका बिचमा वार्ता हुँदै, हाेला त अाजै एकताकाे मिति घाेषणा ?

काठमाडौं । पार्टी एकताका विषयमा छलफल गर्न विहिबार बसेकाे एमाले अध्यक्ष र केपी शर्मा अाेली र माअाेवादी अध्यक्ष प्रचण्डबीच अाज फेरी छलफल हुन लागेकाे छ । बिहिबार एकताको विषयमा  भएको वार्तामा के भयाे भन्ने सार्वजनिक गरिएकाे छैन् ।

वार्ता बिहिबार विहान १० बजेबाट सुरु भइ दुई घण्टासम्म चलेको थियो । पार्टी एकतामा देखिएका विवादित विषयबारे छलफल गरेर एकता संयोजन समिति बैठक बोलाउने तयारीको लागि दुई नेताबीच वार्ता भएको थियो ।

तर, कुनै सहमति नभएपछि छलफल विना निष्कर्ष टुंगिएको हो । एकीकृत पार्टीको प्रस्तावनामा जनयुद्ध लेख्ने, चुनाव चिह्न तथा संगठनमा सहभागी संख्याको विषयमा आएर एमाले-माकेबीच एकता रोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार