ओली-प्रचण्डबीच आजपनि ३ घण्टा छलफल, कुरा मिलेन

काठमाडौं । पार्टी एकताका विषयमा छलफल गर्न भन्दै  प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको अाजको छलफल पनि कुनै सहमति हुन सकेन ।

पार्टी एकताका विषयमा एक्ला एक्लै करिब ३ घण्टा छलफल भएपनि उनीहरुबीच एकताको विषयमा ठोस सहमति भने नभएको स्रोतको दाबी छ ।

बैशाख ९ गतेका लागि एकता गर्ने भनिएपनि त्यो दिनको लागि एकता टरिसकेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताइसकेका छन् ।  बिहीबार ३ घण्टा एक्लाएक्लै छलफल गरेका ओली र प्रचण्डले शुक्रबार पनि २ घण्टा छलफल गरेका हुन्।

त्यसअघि बैशाख ३ गते उनीहरुले एक्लाएक्लै छलफल गरेपछि ४ गतेका लागि एकता संयोजन समिति बैठक बाेलाएका थिए ।   ४ गतेको एकता संयोजन समितिको बैठकपछि पनि दुई नेताले केहीबेर बालुवाटारमा एक्लाएक्लै छलफल गरेका थिए। त्यसयता दुई नेता लगातार एक्ला एक्लै छलफलमा छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार