यातायात व्यवसायी महासंघका अध्यक्ष कर्माचार्यसहित पाँचजना पक्राउ

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित पाँचजना व्यवसायी पक्राउ परेका छन् ।

सरकारले यातायात क्षेत्रमा जारी सिन्डिकेट प्रथा खारेज गर्ने निर्णयविरुद्ध आन्दोलन चर्काएको भन्दै प्रहरीले कर्माचार्यसहितका व्यवसायीलाई काठमाडौँको बानेश्वरबाट पक्राउ गरेको हो ।

त्यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्का र एक व्यवसायीसहित पाँचजना छन् ।

पक्राउ परेका पाँचैजनालाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । सिन्डिकेट खारेज गर्ने सरकारको नीतिविरुद्ध लागेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार