काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको १६ औँ साधारणसभाबाट निर्वाचनमा शेर्पाले प्रत्यासी मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । शेर्पाले ६३ र कुँवरले १२ मत प्राप्त गरेका थिए ।
साधारणसभामा ७५ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए । उपाध्यक्षमा शेर्पा प्यानलका पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्णबहादुर थापा र वीरबहादुर खड्का निर्वाचित भए ।
सदस्यमा दावा लामा, निरोज खड्गी, पूर्णमान चित्रकार, रवीन्द्रनाथ श्रेष्ठ, मधुसुदन उपाध्याय, प्रदेशसिंह राठौर, दिनेश व्यञ्जनकार, दीर्घबहादुर केसी, किरण राई, विजय घले र रत्नकुमार श्रेष्ठ निर्वाचित भए ।

573 पटक हेरिएको 

