अल स्किल्स म्यानपावरमा विभागको छापा

काठमाडौं । कुवेत पठाउन लागेको कामदारबाट चर्को शुल्क असुल गरी ठगी गरेको उजुरी परेपछि वैदेशिक रोजगार विभागले बसुन्धारास्थित अल स्किल्स इन्टरनेशनल ह्युमन रिसोर्स म्यानपावरमा छापा मारी कागजात नियन्त्रणमा लिएको छ ।

अल स्किल्स म्यानपारवबाट मंगलबार ३५ जना युवाहरु रोजगारीका लागि कुवेत जाँदै थिए । तर उनीहरुबाट म्यानपावरले प्रतिव्यक्ति १ लाख ८० हजार शुल्क असुल गरेको भन्दै विभागमा उजुरी परेपछि सोमबार विभागले छापा मारेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार कुवेत जान लागेका ३५ जना युवाहरुबाट प्रतिव्यक्ति १ लाख ८० हजार लिएको भन्ने उजुरीका आधारमा छापा मारिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार