काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीकी सांसद निरुदेवी पाललाई पेस्तोल तेस्र्याएर ज्यान मार्ने धम्की दिएको घटनामा अनुसन्धानका लागि प्रहरीले ९० जनालाई पक्राउ गरेको छ । बिहीबार ‘अप्रेसन स्विप’ चलाएर प्रहरीले शंकास्पद ९० जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकालाई प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वरमा राखेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी गोविन्द काफ्लेको नेतृत्वमा एक सयभन्दा धेरै प्रहरीको टोली अप्रेसनमा खटिएको हो ।

470 पटक हेरिएको 

