भारतसँगको निर्भरता हट्यो, नेपाल–चीनबीच पारवहन सम्झौता

काठमाडाैं – नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’ले अन्तिम रुप पाएको छ । सम्झाैता अनुसार नेपालले अब चीनका बन्दरगाहबाट सामान आयात–निर्यात गर्न सक्ने छ । नेपालले अब तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्तु आयात गर्दा प्रयोग हुने त्यान्जिन, सेन्जेन, लियान्योन्गङ, झ्यान्यिङ लगायतका खुला सामुन्द्रिक र ल्यान्झाउ, ल्हासा, सिगात्सेलगायतका सुक्खा  बन्दरगाह उपयोग गर्न पाउने भएको हो।

बुधबारदेखि काठमाडौंमा बसेको २ देशका अधिकारीको बैठकले बिहिबार सम्झौता गरेको हो । पारवहनका लागि नेपालले चीनसँग मागेका सडक मार्ग र बन्दरगाह उपलब्ध गराउन चीनले सहमति जनाएको छ ।

नेपाल र चीनबीच २ वर्षअघि सन् २०१६ मा व्यापार तथा पारवहनसम्बन्धी सम्झौता भएको थियो, त्यसलाई कार्यान्वयन गर्न अहिले नेपालमा बैठक बसेको हो । प्रोटोकल टुंग्याउन यसअघि २ वटा बैठक चीनमा भैसकेका थिए । पहिलो बैठक सन् २०१६ मा चीनको ल्हासामा भएको थियो भने गएको जुनमा दोस्रो बैठक पनि चीनमै भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार