५, अशोज । एन प्याब्सनले संघीय संसदबाट हालै पारित ‘अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ तत्काल संशोधन गर्न सरकार सँग माग गरेको छ । एनप्याब्सन काठमाडौंका अध्यक्ष बिष्णु पराजुलीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत् प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउन गएको टोलीले यस्तो माग गरेको हो ।

प्रमुख जिल्ला अधिकारी आचार्यलाई ज्ञापन पत्र बुझाएपछि एन प्याब्सनका नगर कोषाध्यक्ष प्रेम कुमार भुजेलले निजी क्षेत्रलाई मारमा पार्नेगरी आएको सो विधेयक तत्काल संशोधन नभए सरकारविरुद्ध कडा आन्दोलन गर्न चेतावनी दिनुभयो ।

कार्यक्रममा एनप्याब्सनका पूर्व अध्यक्ष कर्ण बहादुर शाही, एनप्याब्सनका महासचिव सुबास न्यौपाने लगायतको उपस्थित रहेको थियो । उनीहरुले माध्यामिक तहसम्मको शिक्षा निःशुल्क हुने प्रावधानसहित पारित भएको सो विधेयक तत्काल संशोधन गर्नुपर्ने माग गरेका थिए ।

1282 पटक हेरिएको 

