१६ असार, रुकुम । रुकुमको सुदूरपूर्वी गाउँपालिका पुथा उत्तरगंगाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उमेदवार विजयी भएका छन् ।
माओवादी केन्द्रका ओमप्रसाद घर्ती २ हजार ५५१ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका भिउमान घर्तीले १ हजार २६४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै ओमकुमारी शाही मल्ल २ हजार ६३५ मतका साथ विजयी हुँदा एमालेकी सिता घतानेको पक्षमा १ हजार ४८२ मत परेको छ ।
१४ वटा वडा रहेको रहेको पुथा उत्तरगंगा गाउँपालिकामा २/२ वडामा कांग्रेस र एमालेले जितेका छन् । अरु सबै १० वडामा माओवादी केन्द्रका उमेदवार प्यानलसहित विजयी भएका छन् ।
माओवादी केन्द्रले १, २, ३, ४, ५, ६, ८, ११, १२ र १३ वडामा जितेको छ । कांग्रेसले ७ र ९ वडामा जित निकाल्यो भने एमाले १० र १४ वडामा विजयी भएको छ ।
रुकुमका सिस्ने र भुमे गाउँपालिका पनि माओवादी केन्द्रले नै अग्रता लिएको छ ।