संखुवासभाको खाँदबारी नगरपालिकामा एमालेको जित, मुरारी खतिवडा भए मेयर

१८ असार, काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिकाको मेयरमा नेकपा एमाललले जितेको छ । एमालेका मुरारी खतिवडाले ५५६५ मत ल्याएर जित हात परेका हुन् ।

उनका निमटतम प्रतिद्वन्द्वी कांग्रेसका महेश थपलियाले ५हजार १३१ मत पाए ।

उपमेयरमा पनि एमाले नै विजयी भएको छ । एमालेकी दिगेश्वरी श्रेष्ठ ५ हजार ४९३ मतसहित उपमेयरमा निर्वाचित भइन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी निर्मला बस्नेत तामाङले ५ हजार २०८ मत ल्याइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार