सानिमा माईले ८४ मेगावाटका दुई आयोजनामा लगानी गर्ने, शतप्रतिशत हकप्रद आउदै

१७ असार, काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले इक्रा नेपालबाट ग्रेड ३ रेट्रिङ पाएको छ ।

कम्पनीले सेयरबाट उठाउने रकम अन्य हाइड्रोइलेक्ट्रिक प्रोजेक्टहरु सञ्चालनको लागि प्रयोग गर्ने बताइएको छ । हाल कम्पनीले २२ मेगावाटको माइ हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट र ७ मेगावाटको माई कास्केड आयोजना सञ्चालनमा छ । कम्पनीले ८२ मेगावाट बराबरका दुई आयोजना सञ्चालन गर्ने रणनीति बनाएको छ ।

५४ मेगावाटको मध्य तमोर आयोजनामा सानिमा समूहको २१ प्रतिशत सेयर स्वामित्व रहेको छ । यो आयोजना सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले निर्माण गर्ने भएको छ । यो आयोजनाको लागत ९ अर्ब रुपैयाँ प्रक्षेपण गरिएको छ । यो आयोजना निर्माणमा ७५ प्रतिशत कर्जा र २५ प्रतिशत सेयर लगानी गरिनेछ ।

यो आयोजनाको व्यवसायिक उत्पादन मिति सन् २०२१ सेम्टेम्भर १३ तोकिएको छ । नेपाल विद्युत् प्राधिकरणले कोशी कोरिडरको हाङपाङ सबस्टेशनमा बाउन लागेको १३२ केभीए प्रशारण लाइनबाट यो आयोजनाबाट उत्पादिन विद्युत् जोडिने छ ।

२८.१ मेगावाटको तल्लो लिखु आयोजनामा सानिमा समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ । यो आयोजना स्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन लिमिटेडले सञ्चालन गर्ने भएको छ । यो आयोजनाको लागत ६ अर्ब रुपैयाँ प्रक्षेपण गरिएको छ । यो आयोजना निर्माणमा ७५ प्रतिशत कर्जा र २५ प्रतिशत सेयर लगानी गरिनेछ ।

यो आयोजनाको व्यवसायिक उत्पादन मिति सन् २०२१ डिसेम्भर १ तोकिएको छ । नेपाल विद्युत् प्राधिकरणले खिम्ति ढल्केवरमा पर्ने न्यू खिम्ति सबस्टेशनमा बाउन लागेको १३२ केभीए प्रशारण लाइनबाट यो आयोजनाबाट उत्पादिन विद्युत् जोडिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार