रौतहटमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा दुई भारतीयको मृत्यु, २१ घाइते

काठमाडौं । रौतहटमा तीर्थयात्री बोकेको बसलाई ट्रकले ठक्कर दिँदा दुई जना भारतीयको मृत्यु भएको छ। लुम्बिनीबाट भारतीय तीर्थयात्री बोकेर गएको बस रौतहटको पौराही बागमतीमा यात्रुलाई शौचालय जानका लागि रोकिराखेको समयमा ट्रकले ठक्कर दिएको थियो । ना ६ ख ९०३० नम्बरको बसलाई सोमबार मध्यरातमा सोही दिशाबाट आउँदै गरेको को १ ख २६२५ नम...

यातायात मन्त्रीको गाडी नै खोलामा पल्टिएपछि…

स्याङ्जा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ चढेको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ घट्टेस्थित दरौँ खोलामा पल्टेको छ । मन्त्री सवार बा.२झ ४०२९ नम्बरको गाडी पल्टेको हो । अर्जुनचौपारी–३ कै सहरे खोलामा पुल शिलान्यास गरेर सदरमुकाम फर्किने क्रममा गाडी खोलामा डुबेपछि मन्त्री महासेठलाई सुरक्षाकर्मील...

लोकसेवाको विज्ञापनमा कानुन नमिचिएको मन्त्री पण्डितको स्पष्टिकरण

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगको विज्ञापनका लागि आफूहरुले कुनै कानुन नमिचेको स्पष्ट पारेका छन्। सोमबार बिहान संघीय संसदको राज्य व्यवस्था समितिको बैठकमा समितिका सदस्यहरूलाई जानकारी दिँदै मन्त्री पण्डितले लोकसेवा आयोग संवैधानिक आयोग भएकाले स्थानीय तहबाट आएको मागलाई जस...

हावाहुरीले कैलाली र कञ्चनपुरका ८ सय ७० घरमा क्षति

भीमदत्तनगर । तीन दिनअघि कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन भएको छ । कञ्चनपुरमा मात्र हावाहुरीका कारण ८७० घरधुरीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क आएको जिल्ला रेडक्रस सोसाइटीको कार्यालयले जनाएको छ । रेडक्रसका अनुसार कञ्चनपुरमा ३७ घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । जिल्ल...

पाल्पामा जङ्गली च्याउ खाँदा बालिकाको मृत्यु, नौ बिमारी

पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी रहेकी छन् । पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलका अनुसार जङ्गली च्याउ तरकारीका रुपमा खाँदा उनको मृत्यु भएको र नौ बिरामी परेका छन् । चितवनस्थि...

उपत्यकामा भोटो जात्रा मनाइँदै, आज सार्वजनिक विदा

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार भोटो जात्रा मनाइँदै  छ। भोटो जात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा दिएको छ। भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने कार्यक्रम रहेको छ । त्यस्तै, विशिष्ट व्यक्तिहरू उपस्थित हुने कार्यक्रम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ।...

जिल्ला सेक्रेटरीसहित विप्लवका १८ कार्यकर्ता एकसाथ पक्राउ

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ बाट बैठक बसिरहेको बेला प्रहरीले नेत्रविक्रम चन्द विप्लवका १८ जना नेता कार्यकर्ता पक्राउ गरेको छ। शनिबार साँझ ६ बजे बैठक बसिरहेको ठाउँमा घेराहाली प्रहरीले कास्की जिल्ला सेक्रेटरी मिलन राईसहित १८ जनालाई पक्राउ गरेको हो । कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले दिएको जानकार...

घोकन्ते शिक्षाले समाज र देशको विकास हुँदैन: डा. भट्टराई

काभ्रे । पूर्वप्रधानमन्त्री एवं सङ्घीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले घोकन्ते शिक्षाबाट समाज र देशको विकास हुन नसक्ने बताएका छन् । काभ्रेपलाञ्चोकको पनौतीमा रहेको सिद्धार्थ वनस्थली इन्स्टिच्युटले शनिबार आयोजना गरेको ‘शैक्षिक सामग्री हस्तान्तरण तथा सङ्घीय नेपालमा शिक्षाको महत्व’ विषयको कार्यक्रमम...

कैलालीमा हावाहुरीले दुईको ज्यान गयो, ७६ जना घाइते

कैलाली । कैलालीमा गएराति आएको हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ७६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गम्भीर घाइते २ जनालाई भारत रिफर गरिएको छ। मृत्यु हुनेमा टिकापुर नगरपालिका–२ मा पोल्टी फार्मको पर्खाल भत्किँदा लहानु दोगौंराको मृत्यु भएको र हावाहुरीका कारण कैलालीको गोदावरीमा मोटरसाइकल ...

धनगढी विमानस्थल अझै एक साता बन्द हुने

धनगढी । धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द हुने भएको छ । एक महिनाको अवधिमा स्तरोन्नतिको भकाम सम्पन्न नभएपछि थप एकसाता विमानस्थल बन्द हुने भएको हो । निर्माण कम्पनीले मौसम प्रतिकूल नभए यही जेठ २९ गतेबाट विमानस्थल पुनः सञ्चालनमा आउने जनाएको छ । गत वैशाख २२ गतेबाट उडान सेवा...