प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेट

काठमाडौं– भारतको तीन दिने राजकीय भ्रमणमा शुक्रबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

लोक कल्याण मार्गस्थित भारतीय प्रधानमन्त्री मोदी निवासमा प्रधानमन्त्री ओली र मोदीबीच अनौपचारिक भेटवार्ता भएको हो। भारतीय प्रधानमन्त्री मोदीले ट्विट गर्दै भेटवार्ताको फोटाे पोस्ट गरेका छन्। उनले ट्विटमा लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटले हर्षित छु।’

 

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भोलि प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा औपचारिक वार्ता हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार