काठमाडौं । प्रहरीको नयाँ महानिरीक्षक (आइजिपी) मा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रहरीको नयाँ आइजिपीमा खनाललाइ नियुक्त गर्ने निर्णय गरेकाे हाे । यस्तै, सशस्त्रको आइजिपीमा शैलेन्द्र खनाललाइ नियुक्त गरिएकाे छ ।
आइजिपीमा खनालसँगै, रमेश खरेल र पुष्कर कार्की प्रतिस्पर्धामा थिए । नयाँ आइजिपी छनोट गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री केपी ओलीसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादल सहितको बैठक बसेको थियो।

388 पटक हेरिएको 

