भारतमा कर पुनरसंरचना पछि टेलिभिजन, सिमेन्ट सस्तिदै

१७ असार, काठमाडौं । भारतीय सरकारले त्यहाका संघ र प्रदेशमा लाग्ने बिभिन्न करलाई हटाएर गुड एण्ड सर्भिस ट्याक्स लगाएको छ । देशभर एउटै किसिमको बजार निर्माणको लागि भन्दै भारतले यो दर लागु गरेको हो ।

भारतीय अर्थमन्त्री अरुण जेट्लीले करको यो पुनरसंरचना पछि देशको अर्थतन्त्र २ प्रतिशतले बढ्ने दाबी गरेका छन् । व्यवसायीहरुले भने यो नयाँ प्रणाली लागु गर्न केही समय थप्नु पर्ने माग गर्दै आएका थिए ।

गुड एण्ड सर्भिस ट्याक्स क्षेत्र अनुसार क्रमश : ५ प्रतिशत, १२ प्रतिशत, १८ प्रतिशत र २८ प्रतिशतको दरमा लाग्ने भएको छ ।

दुध र तरकारीमा यो कर नलाग्ने बताइएपनि हाल रहेका अन्य कर भने लाग्ने उल्लेख छ । त्यहाका कतिपय बस्तु तथा सेवा अब केही महंगिने भएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । विश्लेषकहरु भने केही समय त्यहाको आर्थिक वृद्धि केही घट्ने देखिएपनि यो कर प्रणाली पूर्ण लागु भएपछि आर्थिक वृद्धि हुनेमा सहमत छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो करलाई गुड एण्ड सिम्पल ट्याक्स अर्थात् राम्रो र सरल भनि अथ्र्याएका छन् ।

नेपालको आयातमा मुख्य हिस्सा रहेको भारतमा लागु भएको यो दरले नेपालमा पनि कतिपय सामान भने महंगिने सक्ने अनुमान गरिएको छ ।भारतले निर्यात गर्ने बस्तुमा भने जीएसटी लगाउने छैन् ।

यद्यपी भारतमै पनि यो नयाँ प्रणालीपछि भ्याट र एक्साइज ड्युटी लाग्दै आएको गाडी सस्तिने त्यहाका सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
त्यस्तै, त्यस्तै २४.५ प्रतिशत कर लाग्ने गरेको टेलिभिजन र २५ प्रतिशत कर लाग्ने गरेको सिमेन्टमा १८ देखि २० प्रतिशत जीएसटी लाग्ने भएपछि सस्तिने भएको सञ्चार माध्यमहरुले उल्लेख गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार